सामाजिक चिन्ता के हो ?

सामाजिक चिन्ता वा सामाजिक डर ( Social anxiety or Social Phobia )भनेको कुनै सामाजिक जमघटमा बोल्न र मानिस हरुसंग को सँग कुराकानी गर्ने क्रम मा हुने  डर र चिन्तालाई भनिन्छ | जस्तै कुनै पार्टी मा जादा हुने डर, रेस्टुरेन्ट मा खान खादा हुने डर | सामाजिक चिन्ता वा सामाजिक डर भएका व्यक्ति हरुमा स्वत: रुपमा अरु व्यक्ति हरुले आफुलाई जिस्काउछन, नकारात्मक तरिकाले मुल्यांकन गर्छन, नियाल्छन जस्ता सोचाइहरु आउछन वा अयोग्यता, अपमान, डिप्रेसन, हिन्नता र लज्जा को अनुभब हरु आउछन | यस्तो समस्या भएको व्यक्तिले सामाजिक चिन्ता वा डरलाई लिएर जन्मेका होइनन | यो त बाल अवास्था वा किशोर अवस्था मा उनीहरुको बाताबरण मा परेको प्रभाब ले बनाएको हो |

सामाजिक चिन्ता वा डर बिकृति आज संसारकै तेस्रो ठुलो मानसिक समस्याको रुपमा देखियको छ | हालसालै गरिएको अमेरिका को सर्वेक्षण अनुसार अमेरिकामा ७ % मानिसहरुमा यस्तो समस्या देखिएको छ |

यसको उपचारको लागि  औषधी सेवनले स्थाई रुपमा ठिक नहुने र धेरै असर गर्ने हुनाले यसको सबै भन्दा राम्रो उपचार पद्धति भनेको कग्नेटिभ बिहेभेरल थेरापी (Cognitive Behavioral Therapy) हो |

यसको उपचारको लागि  औषधी सेवनले स्थाई रुपमा ठिक नहुने र धेरै असर गर्ने हुनाले यसको सबै भन्दा राम्रो उपचार पद्धति भनेको कग्नेटिभ बिहेभेरल थेरापी (Cognitive Behavioral Therapy) हो |